Harsamaya

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा नयाँ संगीत भिडियो ‘बरपीपलको छायाँ’ सार्वजनिक भएको छ। नारद रिजाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले नेपाली सांगीतिक दर्शकमाझ सकारात्मक चर्चा बटुलिरहेको छ।

गीतमा सीडी विजय अधिकारी र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ। यस गीतका गीतकार तथा संगीतकार नवराज शर्मा हुन् भने संगीत संयोजन केशव बडूले गरेका हुन्। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ एचबिएन किस्मतले वानडीबी एचडि स्टुडियोमा गरिएको थियो । 

भिडियोतर्फ, दर्शकहरूले सुधिर श्रेष्ठ र खुशी कार्कीको रोमान्टिक अभिनय हेर्न पाएका छन्। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्। भूपेन्द्र थापा मगरले खिचेको सिनेमाटोग्राफी, माधव बेलबासेद्वारा गरिएको सम्पादन र रङ संयोजनले भिडियोलाई अझ जीवन्त बनाएको छ।

भिडियो निर्माणमा कबिता तोलांगीको मेकअप, बिष्णु श्रेष्ठको प्रोडक्सन व्यवस्थापन र हरि अधिकारीको प्रोडक्सन कन्ट्रोल रहेको छ। गीतमा आकर्षक नृत्य संयोजन कोरियोग्राफर सुरेन्द्र बसेलले गरेका छन्, जसले भिडियोको सौन्दर्यमा विशेष चमक थपेको छ।

न्यानो भावना र ग्रामीण परिवेशमा आधारित गीत ‘बरपीपलको छायाँ’ नेपाली मौलिकता झल्काउने उत्कृष्ट सिर्जना बन्न सफल भएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update