
काठमाडौं - आज २०८२ साउन १३ गचे मंगलबार । हेरौँ आजको राशिफल ।
मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। रिस राग र अहङ्कार बढ्ने दिन हो । झैझगडा र मुद्दा मामिलामा अघि नसर्नु होला । स्वास्थ्यमा समस्या देखिन सक्छ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ । तर साथीभाइ र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ ।
वृष : पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। बौद्धिकतामा निखार आउने दिन हो । विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला । पढाइमा लगाव बढाउनुपर्छ। सोचेजस्तै परिणाम पाउन सकिने छ । साथीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो ।
मिथुन : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला । कानुन र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन । बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला ।
कर्कट : घरेलु काममा रुचि बढ्नेछ। धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। पारिवारिक सौहार्दता र सद्भावमा वृद्धि हुनेछ । परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला । परिश्रमको प्रतिफल पाउने समय हो । यसबाट तपाईँको शक्ति र प्रतिष्ठामा वृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस् । कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ ।
सिंह : दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको छ। मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ।अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो ।
कन्या : एक आपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । जीवनशैली र उठबसमा परिवर्तन गर्न सके प्रेम जीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आस मारेको वस्तु वा धन हात पार्न सकिने छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ ।
तुला : साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। अरूले तपाइको मेहनत र इमानदारिताको खुलेर प्रशंसा गर्नेछन्। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला । बरु मन स्थिर छैन भने एक छिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठिक हुनेछ । काम धाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकका सानातिना जिम्मेवारी बोक्नुपर्ने हुन्छ । बढी खर्च हुने परिस्थिति छ ।
वृश्चिक : परोपकारी काममा रुचि बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। विश्वास गरेकाले धोका दिन सक्छन्। सामाजिक उत्तरदायित्व बढ्नेछ। रूप, लावण्य, सौन्दर्य र जीवनशैली देखेर अरू पनि प्रभावित हुन सक्छन् । आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने कामको शुभारम्भ हुनेछ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ । बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ ।
धनु : सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाई लेखाइमा प्रगति हुनेछ। कारोबारबाट राम्रै फाइदा हुने दिन छ । फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईँको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्न सक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । करियर र भविष्यको सोच सलबलाउनेछ ।
मकर : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन्। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ । भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईँले केवल प्रयास गर्ने हो । भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ ।
कुम्भ : स्वास्थ्यमा केही समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाइसँग भेटघाट हुँदा मन खुसी रहनेछ। कसैको मन दुखाएर फाइदा लिने कोसिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशा मात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन ।
मीन : टाढाको यात्राको सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गरेको कामहरू सफल हुनेछन् । सधैँभन्दा बढी व्यस्त हुने समय हो । खटेअनुसार फाइदा हुनेछ । तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्टाउनु ठिक हुन्छ । दाम्पत्य जीवनको भरपुर सुख भोग गर्न पाइने छ ।