
कास्की - केही दिनदेखि सिन्धुलीबाट हराएका भनिएका हायू परिवारका सबै सदस्य फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी गर्न पोखरा आएको बताएका छन् ।
उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए ।
उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू आइतबार मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएको थियो । गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिँदै खोजी तीव्र पारिएको थियो ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस