हायु परिवारका सदस्य भन्छन् : ऋण लागेर भागेका होइनौं, बाध्यताले हो [भिडियोसहित]
मंगलबार, साउन १३, २०८२
उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरु धेरै बिरामी भए । केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो । ठूलो परिवार १८ जना छौं । विकट भयो हस्पिटल जान दुई अढाई घण्टा, स्कुल जान तीन घण्टा लाग्छ । हामी त्यस्तो ऋण लागेर भागेर आएका हैनौं ।’
पोखरामा फेला परेका हायु परिवारलाई आफन्तको जिम्मा लगाइयो
मंगलबार, साउन १३, २०८२
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ।
हराएका भनिएका हायू परिवार पोखरामा भेटिए
सोमबार, साउन १२, २०८२
उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू आइतबार मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।
हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी जारी
सोमबार, साउन १२, २०८२
छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् ।
बेपत्ता हायु परिवारको खोजीमा रामेछापको प्रहरी पनि परिचालन
सोमबार, साउन १२, २०८२
रामेछापको हायु समुदायको बसोबास रहेको रामेछाप नगरपालिका–७ सुकाजोर र वडा नं ८ रामेछापको हायु गाउँमा प्रहरी परिचालन भएको छ । रामेछापको वडा नं ७ र ८ मा हायु समुदायको बसोबास रहेको छ ।
साताको लोकप्रिय

![हायु परिवारका सदस्य भन्छन् : ऋण लागेर भागेका होइनौं, बाध्यताले हो [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/hayu-family-1753805113.jpg)