केरुङमा भारी वर्षा, सतर्कता अपनाउन त्रिशुली नदी किनारका बासिन्दालाई आग्रह

काठमाडौं - चीनको केरुङमा भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले सोमकार एक सूचना जारी गर्दै केरुङमा भारी बर्षाका कारण नदीको वहाव बढीरहेकाले नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो ।
त्रिशूली बजार, सिम चौर, देविघाट बजारका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले हार्दिक अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२ २१:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय