रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
                            
                            
                                                        
                                                    
                                                                        काठमाडौं - रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटेल हिमालयमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:५६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
