जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलाली - टीकापुर नगरपालिका-२ बन्दिपुर बस्ने ४२ वर्षीय किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको अवस्थामा किसिम समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ २०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय