Harsamaya
सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पुष्पाञ्जली आमा गस्ती समूहको आपत्ति
पुष्पाञ्जली आमा गस्ती समूह ।

काठमाडौं - मकवानपुरमा रहेको पुष्पाञ्जली आमा गस्ती समूहले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । हर समय डट कममा गत जेठ २७ गते प्रकाशित समाचारप्रति समूहले आपत्ति जनाएको हो । 

उक्त समाचारमा ‘पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित’ भन्ने हेडलाइनमा समाचार प्रकाशित भएको थियो । सो समाचारप्रति आपत्ति जनाउँदै आमा समूहले साउन ६ गते समाचारप्रति खण्डन गरेको छ । 

समूहले विगत ८ वर्षदेखि सामाजिक रुपान्तरण, महिलामा हिंसा विरुद्धको चेतना, लागूपदार्थ दुर्व्यसन न्यूनीकरण र पारिवारिक मेलमिलापमा प्रभावकारी रहँदै आएको आमा समूह,  बागमती प्रदेश स्तरदेखि स्थानीय तहसम्म प्रशंसित र सम्मानित संस्था भएको दाबी गरेको छ । 

‘सामाजिक न्याय, महिला सशक्तिकरण र हिंसा विरुद्धको चेतनता जगाउने उद्देश्यका साथ सक्रिय आमाहरुको यो समूहले, घरेलु हिंसा तथा समाजमा व्याप्त विकृतिको विरुद्ध गस्ती, कानूनी सहयोग, सचेतना कार्यक्रम लगायत अनेक सकारात्मक क्रियाकलाप गर्दै आइरहेको जगजाहेर तथ्य हो’, समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update