साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं - साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
सोमबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भएको हो । यो सँगै बंगलादेश अपराजित रहँदै साफ यू–२० महिला च्याम्पियनसिपको विजेता बनेको छ ।
घरेलु टिमको जितमा चारै गोल सागोरिकाले गरिन् । यसअघि प्रतियोगिताको पहिलो चरणमा बंगलादेशले नेपालविरुद्ध ३–२ को जित निकालेको थियो ।
डबल राउन्ड रोविन आधारमा सञ्चालित प्रतियोगितामा बंगलादेशले ६ खेल खेल्दा १८ अंक जोड्यो । समान खेलबाट १२ अंक जोडेको नेपाल उपविजेतामा सीमित बनेको हो । समान खेलबाट ६ अंक जोडेको भुटान तेस्रो र जितविहीन बनेको श्रीलंकाले पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरे ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ २१:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय