साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं - शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करिब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १ बजेर ३० मिनेट जाँदा ४१.८९ अङ्कले बढेर २९१२.५२ बिन्दुमा रहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से ७५.८४ अङ्कले बढेको थियो । यो समाचार तयार पार्दा सम्म नेप्सेमा १९५ कम्पनीको शेयर मूल्य बढ्दा ५३ कम्पनीको शेयर घटेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ १४:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय