समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

काठमाडौं - समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।
मर्जरका लागि दुवै कम्पनी बिच आइतबार बिहान पोखराको होटेल ल्यान्ड मार्कमा सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । मर्ज पछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ । साथै, समृद्धिका ४ र पोखरा फाइनान्स बाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय