
काठमाडौं - आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि समितिमा दिएको निवेदन सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ८:३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको डि.पि.आरबारे छलफल हुनेछ । बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।
त्यस्तै दिउँसो १२:१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ भने बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोबल बढाउन पछिल्लो समयमा भएका प्रयासहरूबारे छलफल हुनेछ ।