Harsamaya
घुस डिलमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए पदबाट राजीनामा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ।

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएको बताएका हुन् । 

‘कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु’, उनले लेखेका छन् ।

 उनले प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोहीपनि नबनुन् भन्ने अपेक्षा गरेका छन् । 

केही दिनअघि मन्त्री गुप्ता ७८ लाख रुपैयाँ घुस प्रकरणमा जोडिएको अडियो बाहिरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update