Harsamaya
चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि
चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि ।

काठमाडौं - चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मनीलाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे । खेलको २२ औँ मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे ।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो । यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update