Harsamaya
जग्गा किर्तेमा संलग्न नेकपा एसका वडाअध्यक्ष पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धादिङ - जग्गा किर्तेमा संग्लग्न नेकपा एसबाट निर्वाचित वडाध्यक्ष पक्राउ परेका छन् । 

धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौंको कंलकीबाट प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष सुवेदीमाथि सार्वजनिक किर्ते मुद्दा लागेपछि विगत ७ महिनादेखि फरार रहेका थिए । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झूटो जन्म दर्ता प्रमाणपत्र तयार पारिदिएका थिए ।

वडाध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुलेपछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडाअध्यक्ष सुवेदीमाथि मुद्दा दर्ता भएको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई काठमाडौंमा पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ लगिएको छ । सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भई वडा अध्यक्षको रूपमा कार्यरत थिए ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update