Harsamaya
सीतालाई सम्झदैं मानव सेवा आश्रम पुगे प्रचण्ड
(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो  धर्मपत्नी सिता दाहालको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम, रानीवनमा ।

काठमाडौं - आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो  धर्मपत्नी सिता दाहालको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम, रानीवन पुगेका छन्  । 

उनले आश्रममा आश्रित व्यक्तिहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराए भने उनीहरूसँग बसेर आफूले पनि खाना खाए । 

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए । मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिने धारणा  व्यक्त गरे । 
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update