आज विश्व जनसङ्ख्या दिवस
काठमाडौं - आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व जनसङ्ख्या दिवस प्रत्येक वर्ष जुलाई ११ मा मनाउने गरिन्छ ।
सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।
विश्व जनसङ्ख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानी: प्रजनन स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लगायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु सङ्कटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख छ ।
यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर युवाहरूलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

