Harsamaya
जगातीदेखि आशापुरीसम्म अटोमोबाइल्स सेवा शुरू
अटो।

भक्तपुर - भक्तपुरको जगातीदेखि डोलेश्वर हुँदै आशापुरीसम्मको यात्रा अब सहज र किफायती बनेको छ। वर्षौं पैदल यात्रा र महँगो ट्याक्सीको भरमा बस्दै आएका स्थानीय बासिन्दा, विद्यार्थी र श्रद्धालुहरूका लागि अब साइनो अटोमोबाइल्स प्रा लि, बनेपाद्वारा सुरु गरिएको अटोमोबाइल्स सेवा राहत बनेको छ।

सेवाको उद्घाटन सूर्यविनायक–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले गरेका हुन् । बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने यो सेवा ग्रामीण क्षेत्रमा दैनिक आवतजावतलाई सहज र सुरक्षित बनाउने लक्ष्यसहित ल्याइएको बताइएको छ।

यसअघि महँगो ट्याक्सी वा पैदल नै यात्रा गर्न बाध्य यात्रुहरूलाई अब सहुलियत दरमा सुविधा मिल्नेछ। शिक्षार्थी, तीर्थयात्री र दैनिक यात्रुहरूका लागि यो सेवा एक नयाँ आशा बनेको संचालकको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update