काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साँझ ६ बजे विभागले जारी गरेको बुलेटिन अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ देशका उच्च-पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ । यस्तै बुधबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।
सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विभागले अनुरोध गरेको छ।

