‘न्यालममा वर्षा भइरहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह’
काठमाडौं - छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक सूचना जारी गर्दै न्यालममा चिनियाँ अधिकारीबाट भारी वर्षा भइरहेको सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोसी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूका सतर्कता अपनाउन आग्रह गरेको हो ।
साथै अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

