Harsamaya
आजको राशिफल : मेषलाई काममा चुनौती,  वृषलाई आर्थिक लाभ
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ असार २४ गते शुक्रबार।  आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ ।  हेरौँ, तपाईँको राशिमा के  छ । 

मेष : काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसी रहनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रमाइलो यात्राको योग रहेको छ ।   प्रेममा सफलता मिल्नेछ ।

वृष : नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ ।  विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । भइपरी आउने खर्चले चिन्ता बढाउन सक्छ।

मिथुन : काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । धेरैले विश्वास गर्नेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्ने समय छ। 

कर्कट : मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ ।  समय साथीभाइसँग रमाइलोमा बित्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।  दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।

सिंह : प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरू सफल हुनेछन् । प्रतिष्ठित काम गर्ने मौका छ । महत्त्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । लक्ष्यमा पुग्न समय लाग्नेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने हुन सक्छ।

कन्या : उत्साह र स्फूर्ति बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्त्वाकाङ्क्षी योजना बिस्तारै फलदायी हुनेछन् । सामाजिक कामहरू सफल हुनेछन् । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ । कामको चाप बढ्नेछ। 

तुला : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । 

वृश्चिक :  ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा पनि सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रतिस्पर्धाको दौडमा जित हासिल व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ ।

धनु : परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा अलि विलम्ब हुनेछ ।  अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । अध्ययनमा धेरै समय जुट्न नसकिएला।  वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुचि बढ्नेछ ।

मकर : व्यापार व्यवसायबाट त्यति लाभ मिल्नेछैन । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ  अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ।  हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। वैदेशिक कार्यहरू बन्नेछन् । जागिरमा पदोन्नतिको योग रहेको छ ।

कुम्भ : सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मीन : आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शङ्का र असमझदारी बढ्न सक्छ । परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। धेरै बोल्दा समस्या आउन सक्छ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । सानोतिनो समस्या आए पनि नियमित काम सम्पादन हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला।  

 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update