
काठमाडौं - संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायधिससहित तीन जनाको नाम अनुमोदन गरेको छ ।
आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको अनुमोदन गरेको हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका थिए भने पोखरेल वरिष्ठ अधिवक्ताको रूपमा रहेका थिए ।
सभापति इश्वरी न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशीताका आधारमा सिफारिस गर्नमा जोड दिएकी छिन् । बैठकमा उपस्थित भएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियालाई समावेशी र समानुपातिक आधारमा सिफारिस गर्न पनि उनले निर्देशन दिएकी छिन ।