Harsamaya
दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत जेठ २० गते प्रति सेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

त्यसमध्ये कम्पनीले गत असार ९ गते देखि १० लाख ८८ हजार ८९० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको थियो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्था,ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा, दरमखोला पावर हाउस र आवश्यकता अनुसार स्वीकृती लिएपछि अन्य संकलन केन्द्रहरूबाट आवेदन दिन सक्नेछन् । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update