Harsamaya
पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर आजदेखि बिक्रीमा
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पिपुल्स पावर लिमिटेडले आज देखि ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ बराबरको ५० प्रतिशत अर्थात १:०.५० अनुपातमा १०० रुपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो । कम्पनीले आफ्नो ऋण भुक्तानीका लागि हकप्रद बिक्रीखोलेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

गत असार २ गते एक दिनका लागि कम्पनीले हकप्रद सेयर बिक्रीप्रयोजनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीगञ्ज,पोखरा, बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस हकप्रदका लागि आवेदन दिने अन्तिम मिति साउन ११ गते निर्धारण गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update