Harsamaya
अर्जेन्टिना पुगे नरेन्द्र मोदी, स्वागतमा उत्साहित देखिए भारतीय
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्जेन्टिनामा ।

एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्जेन्टिनामा स्वागत गरिएको छ । ब्यूनस आयर्सको अल्भियर प्यालेस होटलमा सयौं भारतीयहरूले स्वागत गरेका हुन् । 

भारतीय शास्त्रीय नृत्य प्रस्तुति सहितको जीवन्त सांस्कृतिक प्रदर्शनले मोदीलाई स्वागत गरिएको हो । भारतीय डायस्पोराका सदस्यहरूले मोदीसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरे ।  धेरैले यो भ्रमणले ‘मनोबल बढाएको’ र भारत–अर्जेन्टिनाबीचको सम्बन्ध र सहयोगको आशा जगाएको बताए।

पाँच राष्ट्रको विदेश भ्रमणमा निस्किएका मोदी अर्जेन्टिना अवतरण गरेका थिए । त्यस क्रममा स्वागतको न्यानोपनको प्रशंसा गर्दै उनले भारतको विश्वव्यापी सांस्कृतिक आदानप्रदानको प्रशंसा गरे ।

यो भ्रमण १९९९ पछि भारतीय सरकार प्रमुखको अर्जेन्टिनाको पहिलो द्विपक्षीय प्रधानमन्त्री भ्रमण हो । जसले व्यापार, डिजिटल वित्त, ऊर्जा र शिक्षा क्षेत्रको सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update