Harsamaya
संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै
संसदीय समिति ।

काठमाडौं - संघीय संसद अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । 

शनिबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

आज बिहान ११ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको बैठकमा ‘भन्सार विधेयक, २०८०’ माथि  दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, दिउसो १ बजे बस्न लागेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update