Harsamaya
दृष्टिविहिन बालबालिकालाई सिटिजनको लत्ताकपडा
सिटिजन बैंक गमगढी शाखाले दृष्टिविहिन बालबालिकाहरूलाई लत्ताकपडा लगायत अन्य सामान सहयोग गरेको छ ।

मुगु - सिटिजन बैंक गमगढी शाखाले दृष्टिविहिन बालबालिकाहरूलाई लत्ताकपडा लगायत अन्य सामान सहयोग गरेको छ ।

मुगु जिल्लाको छायानाथ रारा नगर पालिका २ चैन गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विशेष शिक्षा अन्तर्गत अध्ययनरत १० जना दृष्टिविहीन बालबालिकाहरूलाई सिटिजन बैंक गमगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लत्ताकपडा सहयोग गरेको हो ।

उनीहरूलाई सुत्नको लागि प्रयोग गरिने ओढ्ने, ओछ्याउने, खानेपानीको लागि फिल्टरलगायत अन्य सामाग्री उपलब्ध गराएको सिटिजन बैंक मुगु गमगढी शाखाका प्रबन्धक कलम सेजुवाले जानकारी दिएका छन् । 

सोही विद्यालयका प्रधानाध्यापक दिलिप कुमार शाहीले ओढ्ने ओछ्याउने लत्ता कपडा पाएपछि विद्यार्थीहरू खुसी भएको भन्दै बैंकप्रति आभारसहित धन्यवाद व्यक्त गरेका छन् । 

साथै प्रत्येक वर्ष बैंकले प्रदान गर्ने संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमको रकमलाई यो आर्थिक वर्षमा शैक्षिक संस्थालाई प्रदान गरिएको प्रबन्धक सेजुलालले  बताए ।

त्यस्तैगरी, जिल्लाकै छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिकालाई २५ हजार बराबरको खाजा र मीन माध्यमिक विद्यालय भारेकोटलाई २५ हजार बराबरको खेलकुद सामाग्री वितरण गरेको सिटिजन बैंक गमगढी शाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update