Harsamaya
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको संख्यामा सात गुणाले बढ्यो
दुर्लभ कृष्णसार ।

धनगढी - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध राष्ट्रिय निकुञ्जस्थित हिरापुर मैदानमा दुर्लभ कृष्णसारको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो । 

हिरापुरमा १३ वर्षको अवधिमा सात गुणाले कृष्णसारको सङ्ख्या बढेको हो । सन २०१२ मा विभिन्न स्थानबाट ल्याएर ४२ वटा कृष्णसार सो मैदानमा छोडिएको थियो। 

निकुञ्जको हिरापुर क्षेत्रमा हाल ४२ बाट बढेर कृष्णसार ३०६ वटा पुगेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार हाल वयस्क भाले कृष्णसार ९३, अर्धवयस्क भाले २४, वयस्क पोथी सय र अर्धवयस्क पोथी ४४ वटा छन् । त्यसै गरी एक वर्षका बच्चा ४५ वटा रहेका जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update