
काठमाडौं - आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११:३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची छ ।
यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
बिहान ९ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।
त्यस्तै, बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका माननीय सदस्यहरूलाई कार्य योजना वितरण गर्ने कार्यसूची रहेको छ ।