Harsamaya
इजरायलले आक्रमण रोके युद्धविराम गर्न  तयार : विदेश मन्त्री सैयद अब्बास अराघची
इरानका विदेश मन्त्री सैयद अब्बास अराघची ।

इरान - इरानले इजरायलले आक्रमण रोके युद्ध विराम गर्न आफूहरू तयार रहेको बताएको छ ।  सामाजिक सञ्जाल एक्स मार्फत इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले यदि इजरायलले आफ्नो 'अवैध आक्रमण' तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने बताएका छन्। 

अराघचीले इजरायललाई स्थानीय समयअनुसार बिहान ४ बजेसम्म आक्रमण रोक्न समय सीमा दिएका थिए, जुन समय भर्खरै बितेको छ।

आफ्नो पोस्टमा उनले लेखेका छन्–'इरानले बारम्बार स्पष्ट पारेको छ युद्धको सुरुवात इजरायलले गरेको हो, इरानले होइन। अहिलेसम्म, कुनै पनि युद्ध विराम वा सैन्य कारबाही रोक्ने विषयमा कुनै सहमति भएको छैन। यद्यपि, यदि इजरायली शासनले तेहरान समयअनुसार बिहान ४ बजेभित्र आफ्नो अवैध आक्रमण रोकेको खण्डमा, हामीले त्यसपछि जवाफी कारबाही जारी राख्ने कुनै मनसाय राखेका छैनौँ। हाम्रो सैन्य कारबाही रोक्ने अन्तिम निर्णय पछि लिइनेछ।'

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update