Harsamaya
४.७८ अंकले बढेर नेप्से परिसूचक २६ बिन्दु माथि उक्लियो

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि सुधार भएको छ । आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको नेप्से सोमबार ४.७८ अंकले वृद्धि हुँदै ०.१८ प्रतिशतले बढेर २६००.७६ बिन्दुमा पुगेर रोकिएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको छ ।

यद्यपि आइतबारको तुलनामा यस दिन कारोबार रकम भने घटेको छ । आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको थियो ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रो पावर कम्पनीको सेयर मूल्य यस दिन ३४.८० रुपैयाँले बढेर ३८३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसै गरी पञ्चकन्यामाई हाइड्रोको शेयर मूल्य पनि ३४.०१ रुपैयाँले बढेर ३९५.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै यस दिन वरुण हाइड्रो पावर कम्पनीको शेयर मूल्य करिब साढे ५ प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनीको मूल्य ५.१८ प्रतिशत बढेको छ भने राधि जलविद्युत कम्पनीको शेयर मूल्य ४.८६ प्रतिशतले बढेको छ ।

त्यसै गरी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ । पियोर इनर्जी र दोर्दि खोला जलविद्युत कम्पनीको शेयर मूल्य पनि क्रमशः ५.६८ प्रतिशत र ४.८९ प्रतिशतले घटेको छ ।

राधि जलविद्युत कम्पनी, बुटवल पार कम्पनी, नाग्दी ग्रुप पावर लिमिटेड, सानीमा माई हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयर आज सर्वाधिक माग भएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update