सुनको मूल्य स्थिर, चाँदीमा तोलामा १० रुपैयाँ वृद्धि

काठमाडौं - नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो ।
यसैबिच सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसअघि आइतबार तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार भने २ हजार १७० रुपैयाँ तोला कायम भएको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय