दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार
                            
                            
                                                        
                                                    
                                                            सियोल - दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन्  । गत महिना अचानक ‘मार्शल ल’ लगाएर महाअभियोग भोगिरहेका युन सुक पक्राउ परेका हुन । 
भ्रष्टाचार सम्बन्धी विषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ ।
‘युनलाई बुधबार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाई अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने । 
दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध पहिलो पटक यस्तो कारबाही गरिएको जनाइएको छ ।
युनलाई उनको छोटो अवधिको मार्शल ल घोषणासँग सम्बन्धित धेरै आपराधिक अनुसन्धानहरूमा सोधपुछको लागि लगिएको हो । ती आरोप प्रमाणित भएमा आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्ने छ । 
बुधबार दिउँसोसम्म यूनले अन्वेषकहरूको प्रश्न वा टिप्पणीको जबाफ दिन अस्वीकार गरिरहेका छन् । 
                        प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:३७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
