Harsamaya

काठमाडौं - कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले हटाइएका धाराहरूलाई हाललाई थाँती राख्दै तत्कालको आवश्यकतालाई ध्यानमा राखी विधेयक ल्याउनुपर्ने बताएका छन् । 

शुक्रबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरूको बीचमा सहमति भएको खण्डमा खास घटनाका लागि विधेयक ल्याउन सक्ने बताएका हुन् ।

उनले भने, ‘केही मुद्दाहरू फिर्ता लिनुपर्ने आवश्यकता छ । राजनीतिक दलहरूको बीचमा छलफल भयो भने खास घटनाका लागि विधेयक ल्याउन सक्छौ । हटाएका धाराहरू छाडेर अघि बढ्दा हुन्छ र राजनीतिक दलहरूको बीचमा सहमति भए तत्कालको आवश्यकतालाई ध्यानमा राखेर व्यवस्था गर्न सकिन्छ ।’

आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update