Harsamaya
सुर्खेतमा शशीला मोटर्सले गर्‍यो १९ वटा ‘किटोन’ माइक्रो भ्यान हस्तान्तरण
शशीला मोटर्स प्रा.ली.ले सुर्खेतको काँक्रेविहार यातायात प्रा.ली.लाई ‘किटोन’ ब्राण्डका १९ वटा माइक्रो भ्यान हस्तान्तरण गरेको छ ।

काठमाडौं - शशीला मोटर्स प्रा.ली.ले सुर्खेतको काँक्रेविहार यातायात प्रा.ली.लाई ‘किटोन’ ब्राण्डका १९ वटा माइक्रो भ्यानहरू औपचारिक रूपमा हस्तान्तरण गरेको छ । बिहीवार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो ।

१४ सिट क्षमताका ती माइक्रो भ्यानहरू सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरूमा सञ्चालन गरिनेछ । शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र नभई बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।

‘म २३ वर्षदेखि यातायात क्षेत्रमा सक्रिय छु र आफैँ पनि एक यातायात व्यवसायी हुँ’ खतिवडाले भने, ‘व्यवसायीहरूको सेवा र विश्वासप्रति म सदैव समर्पित रहनेछु ।’

काँक्रेविहार यातायात प्रा.ली.का अध्यक्ष रमेश सापकोटाले शशीला मोटर्सप्रति रहेको विश्वासका कारण ‘किटोन’ ब्राण्डका गाडीहरू खरिद गरिएको जानकारी दिए । उनले यो लगानीबाट यातायात व्यवसायमा राम्रो आम्दानी हुनेमा संस्था ढुक्क रहेको बताए । शशीला मोटर्सले भविष्यमा पनि व्यवसायीहरूसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update