फूलचोकी जंगलमा हराएका १३ जना प्रहरी सम्पर्कमा
                            
                            
                                                        
                                                     
                                                            ललितपुर -  फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको जानकारी प्राप्त भएको छ । 
सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । आज दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जना फोन सम्पर्कमा रहेको उद्धार भइरहेको उनले बताएका हुन् ।
“गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको एक समूह अपराह्न १५:३० बजेदेखि र ६ जनाको अर्को समूह १६:०० बजेदेखि छोटो दूरीको बाटो भन्दै फर्कने क्रममा हराएको जानकारीमा आएको छ । हराएका दुवै टोली सही मार्ग खोज्ने क्रममा एक आपसमा भेट भएका छन् । अहिले उनीहरू प्रहरीसँग सम्पर्कमा छन् । उद्धारका लागि हाल प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ”, सूचना अधिकारी पौडेलले भने ।  ।
हराउनेमध्ये  १० जना युवा र तीन युवती रहेको उनले बताए । 
                        प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:२५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                                                ![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    