आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं - नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार पनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ १२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

