ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ - ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।
यो शेयर खरिदकालागि आज देखि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले काठमाण्डौंको कमलपोखरी स्थीत बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर सङ्ख्या उल्लेखगरी सुचना प्रकाशीत भएको मितीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ ०९:५२
प्रतिक्रिया दिनुहोस्