Harsamaya
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
सुनको मूल्य चार सयले बढ्याे, चाँदीको मूल्य स्थिर ।

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा दुई हजार १६५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update