‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’
                            
                            
                                                        
                                                     
                                                            काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्ने बताएका छन् । 
सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्म जयन्तीका अवसरमा यहाँ आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेताहरूले देखाएको बाटो अनुसरण गर्ने संकल्प गर्न आग्रह गरे । उनले भने, “किसुनजी लगायतले जुन बाटो देखाउनुभएको छ । त्यो बाटोमा हिँड्न सक्नुपर्छ र हामी हिँड्छौँ भन्ने संकल्प लिन्छौँ ।”
उनले प्रजातन्त्रका आधारभूत कुराहरूलाई नछाडी नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखे । प्रजातन्त्रका आधारभूत न्यूनतम कुराहरूलाई साथ लिएर अगाडि बढे मात्रै कांग्रेस गन्तव्यमा पुग्ने उनले जिकिर गरे । 
                        प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:०१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    