Harsamaya
अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले
एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका एकमात्रै व्यक्ति भेट्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

अहमदाबाद - अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् । 

सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ ।

प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई अस्पतालमा भेटेका थिए। प्रधानमन्त्री मोदीले रमेश विश्वकुमार रमेशको हात समातेर हौसला दिए । यस क्रममा विश्वकुमार रमेशको अनुहारमा राहतको भाव देख्न सकिन्थ्यो ।

विश्वकुमार रमेशले भने, ‘मेरो आँखा अगाडि सबै भयो तर म कसरी बाँचेँ, मलाई नै थाहा छैन । केही समयको लागि म पनि मर्छु कि जस्तो लाग्यो तर जब मेरो आँखा खोल्यो, म जीवित थिए। मैले मेरो सिट बेल्ट हटाउन खोजे। यसपछि म त्यहाँबाट निस्किएँ । एयर होस्टेस र अन्य मानिसहरू मेरो आँखा अगाडि मरे। टेकअफ पछि ५–१० सेकेन्ड भित्र सबै कुरा भयो।’

बोइङ ७८७ ड्रिम लाइनरमा २४२ यात्रु र चालक दलका सदस्य सवार रहेको उक्त यात्रु विश्वकुमार रमेश आफ्नो भाइसँग लण्डन जाँदै थिए । अहमदाबाद सिभिल अस्पतालको ट्रमा वार्डमा कार्यरत डा. शारिक एमले रमेशलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताए।

बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसको हाोस्टेल माथि दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार २४१ जनाको निधन भएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update