आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७७ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थासँग सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ ०८:१६
प्रतिक्रिया दिनुहोस्