दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं - आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११:०० बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै दिउँसो १:०० बजे बस्ने राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ ०७:१७
प्रतिक्रिया दिनुहोस्