Harsamaya

काठमाडौं - नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले मूर्खहरूले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन् । 

सोमबार संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग बोल्दै उनले मूर्खहरूले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताएका हुन् । 

मूर्खहरूको बाहुल्यता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उनले रातो किताब ठूला ठूला र करोडौँ लगानी भएको योजनाहरू काटेर कार्यकर्ताको अनुहार हेरेर बजेट राखिएको बताए ।  

उनले भने, ‘सरकारी पैसालाई आफ्नो पार्टी र भातृ संस्थाको लागि प्रयोग गर्यौं भने दुरुपयोग हुन्छ । एउटा नेताले मुलुक र जनता हेरेर काम गर्छ । मूर्खले आफ्नो भोटर हेरेर काम गर्छ र मूर्खहरूको बाहुल्यता भएको ठाउँमा मेरो भनाइको के अर्थ हुन्छ । रातो किताब आएपछि थाहा हुन्छ । ठूला–ठूला र करोडौं लगानी भएको योजनाहरू काटिएका छन् । कार्यकर्ता हेरेर बजेट राखिएको छ ।’ 

यस्तै, उनले सदन बन्द गर्ने ठाउँ नभएको भन्दै नारा जुलुस गर्ने ठाउँ बाहिर भएको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update