सेयर बजार बढ्यो

काठमाडौं - सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२९ अंकले बढेर २६५७.१९ विन्दुमा पुगेको छ ।
आज सूचक बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार नेप्सेमा कुल ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सोमबार जलविद्युत् समूहमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । जलविद्युत् समूहको सेयर मूल्य २.४७ प्रतिशतले बढ्दा लगानी समूहमा १.२९ प्रतिशतको वृद्धि भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १५:५०
प्रतिक्रिया दिनुहोस्