सुनको मूल्य घट्यो

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो ।
आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार २१ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २१ सय ५० मा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १०:५५
प्रतिक्रिया दिनुहोस्