Harsamaya
महालक्ष्मी विकास बैंकको संस्थापक सेयर आजदेखि बिक्रीमा

काठमाण्डौं - महालक्ष्मी विकास बैंक लिमिटेडले आज सोमबार देखि संस्थापक शेयर धनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयर धनीहरूका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो । शेयर खरिदका लागि सुचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमार्ग स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

जुनसुकै व्यक्ति तथा कम्पनीले यो शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको पनि बैंकले सुचना मार्फत जानकारी गराएको छ । यद्यपि बैंकले कति कित्ता शेयर बिक्री गर्न लागेको हो त्यसको संख्या भने खुलाएको छैन ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update