Harsamaya
आज चार संसदीय समितिको बैठक बस्दै
संघीय संसद सचिवालय ।

काठमाडौं - आज चार वटा संसदीय समितिका बैठक बस्दै छ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । 

दिउँसो १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कृषकहरूलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन, कृषि अनुदानलाई उत्पादनमूलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धि, कृषिजन्य उत्पादन उखु, अलैंची, अदुवा, कफि, चिया, सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन, रैथाने कृषि बालीको संरक्षण र विकास सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 

यस्तै, २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची छ ।   

यस्तै  दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिने छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तरक्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update