Harsamaya
अमेरिकामा चार जना नेपाली मृत अवस्थामा भेटिए
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अमेरिकामा चार जना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत फेला परेका हुन्। मृतकहरू ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक र ८ वर्षीया बालिका रहेको प्रहरीले जानकारी दिएको छ । 

उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशंकामा अनुसन्धान गरिरहेको छ। मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०:४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो। 

घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update