नेप्सेमा दोहोरो अंकको गिरावट
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ ।
बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६.९५ को विन्दुमा रोकिएको हो ।
बुधबार तीन सय १३ कम्पनी कारोबारमा आएका थिए । जसअनुसार १ करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता सेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री भएको थियो ।
जोबाट पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ बराबरको कारोबार हुन पुगेको छ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:४५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
